Advertisement Ads

बैंकिङ प्रणालीमा पैसाको थुप्रो: राष्ट्र बैंकले आजै १ खर्ब १० अर्ब रुपैयाँ तान्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
बैंकिङ प्रणालीमा पैसाको थुप्रो: राष्ट्र बैंकले आजै १ खर्ब १० अर्ब रुपैयाँ तान्ने

बैंकिङ प्रणालीमा अत्यधिक तरलता जमिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरणमार्फत पैसा तान्ने निर्णय गरेको छ। आज, फागुन १७ गते दिउँसो ३ बजे बोलकबोल हुँदैछ, जसबाट बैंकिङ प्रणालीबाट ११० अर्ब रुपैयाँ तानिनेछ।

‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्ने यस निक्षेपमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्ने विकल्प पनि उपलब्ध हुनेछ। यो ८७ दिने निक्षेप संकलन उपकरणको मूलधन तथा ब्याज भुक्तानी आउँदो २०८३ जेठ १३ गते गरिने छ।

पछिल्लो समय कर्जाको मागमा वृद्धि नहुँदा बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको छ र बैंक तथा वित्तीय संस्थाहरू ३ प्रतिशत हाराहारीको ब्याजदरमा केन्द्रीय बैंकमा पैसा राख्न बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स