बैंकिङ प्रणालीमा पैसा फालाफाल, राष्ट्र बैंकले आज १२५ अर्ब रुपैयाँ तान्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २७ गते
बैंकिङ प्रणालीमा पैसा फालाफाल, राष्ट्र बैंकले आज १२५ अर्ब रुपैयाँ तान्दै
AdvertisementAds

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले पुनः निक्षेप संकलन उपकरणमार्फत पैसा खिच्ने भएको छ।

केन्द्रीय बैंकले आज चैत २७ गते १२५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने तयारी गरेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलन बोलकबोल ब्याजदरमा गरिनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

५ दिने अवधिको यस निक्षेप संकलन उपकरणअन्तर्गत वैशाख २ गते साँवा र ब्याज भुक्तानी गरिनेछ।

AdvertisementAds

पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहेको छ। यसका कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको न्यून ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स