सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आइतबार जारी गरेको विज्ञप्तिमा सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू नेपालभित्र निष्क्रिय गरिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “सञ्चार मन्त्रालयले ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ अनुसार सात दिनको समयसीमा तोकिएको थियो। तोकिएको समयसीमा भित्र सम्पर्क नगरेका सामाजिक सञ्जालहरू निष्क्रिय गरिएका हुन्। हाल हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएका छन्।” त्यस्तै, एक्सलाई पनि सूचीकरणका लागि विवरण बुझाउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ।




















प्रतिकृया