भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङनामले निर्माणाधीन संघीय संसद् भवनको काम आउँदो चैत १ गतेभित्र सकाएर हस्तान्तरण गर्न निर्देशन दिएका छन्। शुक्रबार (फागुन ८) स्थलगत अनुगमनका क्रममा उनले निर्माण पक्षलाई निर्धारित समयमै काम सकाउन निर्देशन दिएका हुन्।
अनुगमनको क्रममा मन्त्री इङनामले कामको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै, प्रतिनिधिसभा, राष्ट्रियसभा, सेन्ट्रल लबी र सचिवालयका भवनहरू चैत १ भित्र हस्तान्तरण गरिनुपर्नेमा जोड दिए। भवनको सिभिल तर्फको काम मोटामोटी सकिएको छ। तर फिनिसिङको काममा ढिलाइ भएको देखिएपछि उनले दक्ष जनशक्ति थप्न पनि निर्देशन दिएका छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया