प्रवासी नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह: नेपालको विकासमा केही छैन भन्नु भ्रम मात्र

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
प्रवासी नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह: नेपालको विकासमा केही छैन भन्नु भ्रम मात्र

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विदेशमा रहेका नेपालीलाई निराश नहुन आग्रह गरेका छन्। उनले अमेरिकाको टेक्सासमा आयोजित नेपाली समाज टेक्सासको स्वागत तथा सम्मान कार्यक्रममा नेपालमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेकोमा ध्यान आकृष्ट गर्दै त्यस्ता भ्रमबाट निराश नहुन आग्रह गरे।

मन्त्री दाहालले पछिल्लो समय पूर्वराजावादी तत्वहरूले लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिइरहेको भन्दै, गणतन्त्र र लोकतन्त्रकै कारण नेपालमा सामाजिक र भौतिक विकासको गति तीव्र भएको बताए। उनले भने, “गणतन्त्रले नेपालका सबै वर्ग, जाति र भूगोलका नागरिकका अधिकार सुनिश्चित गरेको छ, र यसले स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा सेवा विस्तार गरिरहेको छ। भौतिक पूर्वाधारको विकाससमेत तीव्र भइसकेको छ। यस्तो अवस्थामा, नेपालमा केहि नहुनको भ्रम फैलाउनु कुनै नेपाली र विश्वले नपत्याउने कुरा हो।”

मन्त्री दाहालले अमेरिकाको टेक्सासमा नेपालीहरूको संख्या उच्च भएकोले नेपाल सरकारले कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरेको जानकारी पनि दिए। अमेरिकाको एग्रिमो (अनुमति) प्राप्त भएपछि कन्सुलेट कार्यालय स्थापना प्रक्रिया अघि बढ्ने उनले बताए। त्यसैगरी, मन्त्री दाहालले गैरआवासीय नेपालीलाई १० वर्षको भिसा दिने निर्णयलाई उचित ठहर गर्दै, भविष्यमा नागरिकताको सम्बन्धमा कानुनी व्यवस्था गर्ने कुरा पनि उल्लेख गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स