दक्षिण कोरियामा सैनिक शासन लागू
दक्षिण कोरियाली राष्ट्रपति युन सुक योले मंगलबार राति अचानक टेलिभिजनमा सम्बोधन गर्दै देशमा सैनिक शासन लागू गर्ने घोषणा गरेका छन्। उनले प्रमुख विपक्षी पार्टीलाई उत्तर कोरियासँग सहानुभूति राख्ने गरेको र राज्यविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाए।
राष्ट्रपति युनले सैनिक शासनको अन्तर्गत कस्तो कदम चालिने भन्ने खुलाएका छैनन्। तर, विपक्षी डेमोक्रेटिक पार्टीले शीर्ष सरकारी वकिललाई महाअभियोग लगाउने र सरकारको बजेट प्रस्ताव अस्वीकार गर्ने निर्णयलाई “राज्यविरोधी गतिविधि” भन्दै आलोचना गरेका छन्।
उनले भने, “विपक्षी पार्टीका क्रियाकलापले देशलाई अस्थिर बनाएको छ। राज्यका कामकाज ठप्प छन्, र राष्ट्रिय सभालाई अपराधीहरूको अखडामा परिणत गरिएको छ।”
राष्ट्रपति युनले सैनिक शासनलाई “प्रजातान्त्रिक प्रणालीको रक्षा गर्न र जनताको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम” को रूपमा व्याख्या गरे। उनले भने, “हामी देशलाई सामान्य अवस्थामा फर्काउन छिटो प्रयास गर्नेछौं।”
स्थानिय मिडिया रिपोर्ट अनुसार संसद भवनको प्रवेशद्वार अवरुद्ध भएको छ, जसका कारण सांसदहरू भित्र जान नसकेको जनाइएको छ।
राष्ट्रपतिले डेमोक्रेटिक पार्टीलाई “देशलाई मादक पदार्थको थलो” बनाएको र “सार्वजनिक सुरक्षामा खलल पुर्याएको” आरोप पनि लगाए। उनले थपे, “विपक्षी पार्टीले देशको प्रजातान्त्रिक प्रणालीलाई अस्थिर बनाउन खोजिरहेको छ।”
जनतासँग क्षमायाचना गर्दै उनले भने, “सैनिक शासनले केही असुविधा हुन सक्छ, तर हामी यसको असर न्यून गर्न प्रयास गर्नेछौं।”
सिएनएन बाट अनूदित