नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको लाभांश सम्बन्धी नियममा परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब लघुवित्तहरूले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन्। यसअघि उनीहरूले बढीमा १५ प्रतिशत मात्र लाभांश दिन पाउँथे।
लाभांश वितरणको आधार अब पुँजीकोष अनुपात र निष्क्रिय कर्जाको स्तर हुनेछ। निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि रहेका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउनेछन्। निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतबीच भए २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतबीच भए १५ प्रतिशतसम्म लाभांश दिन सकिने व्यवस्था गरिएको छ। तर, निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएका संस्थाले कुनै पनि लाभांश बाँड्न पाउने छैनन्।
पुँजीकोष १० देखि १२ प्रतिशतबीच भएका लघुवित्तले पनि निष्क्रिय कर्जाको स्तरअनुसार लाभांश वितरण गर्न सक्नेछन्। यस अवस्थामा निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भए २० प्रतिशत, ५ देखि १० प्रतिशतबीच भए १५ प्रतिशत र १० देखि १५ प्रतिशतबीच भए १० प्रतिशतसम्म लाभांश दिन सकिन्छ।
त्यस्तै, पुँजीकोष ८ देखि १० प्रतिशतबीच रहेका लघुवित्तले निष्क्रिय कर्जाको आधारमा ५ देखि १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन्। यसमा निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भए १५ प्रतिशत, ५ देखि १० प्रतिशतबीच भए १० प्रतिशत र १० देखि १५ प्रतिशतबीच भए ५ प्रतिशतसम्म लाभांश दिन पाइने व्यवस्था गरिएको छ।
निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएका संस्थाले कुनै पनि लाभांश बाँड्न पाउने छैनन्। नगद लाभांश वितरण गर्न चाहने लघुवित्तले न्यूनतम पुँजीकोष अनुपात ९ प्रतिशत कायम हुनैपर्नेछ।

प्रतिकृया