राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा सुरु भएको छ। बैठक समानुपातिक सांसदको नाम छनोटका लागि बसाइएको हो। आजको बैठकमा सभापति रवि लामिछाने स्वास्थ्य अवस्था कमजोर भएका कारण भर्चुअल माध्यमबाट सहभागी छन्। उनले केही दिनदेखि निरन्तर ज्वरोको सामना गरिरहेका छन् र घरमै बसेर राजनीतिक भेटघाटहरू गर्दै आएका छन्।
सभापति लामिछानेको अनुमति पाएर उपसभापति डीपी अर्यालले बैठकको सुरुवात गरेका छन्। बैठकमा अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य लगायत अन्य सचिवालय सदस्यहरूको उपस्थिती रहेको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया