माया खोला हाईड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ४ गते
माया खोला हाईड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

माया खोला हाईड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच माया खोला हाईड्रोपावरको हकप्रद सेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा माया खोला हाईड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष श्री दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठ ले हस्ताक्षर गरे।

सम्झौताको अनुसार, सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १,००,००,००० (एक करोड) कित्ता हकप्रद सेयर निष्काशनका लागि आवश्यक नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गर्ने प्रक्रिया र अनुमति प्राप्त भएपछि बिक्री प्रबन्धकका कार्यहरू सम्पादन गर्नेछ।

यस कम्पनीको स्थापना २०६७ सालमा प्रा.लि.को रूपमा भएको थियो र २०७३ सालमा लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो। कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको माया खोला हाईड्रोपावर आयोजना निर्माण गरी २०८० असारदेखि विद्युत उत्पादन गर्दै नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ। साथै, कम्पनीले सर्वसाधारणलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स