सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै माओवादीले सदनमा खबरदारी गर्ने
नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै सदनमा खबरदारी गर्ने निर्णय गरेको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार अध्यादेशको प्रक्रिया नै गलत भएको ठहर गर्दै त्यसविरुद्ध सदनमा आवाज उठाइनेछ। उनका अनुसार समितिमा रहेका विधेयकहरू फिर्ता नगरी अध्यादेश ल्याइनु गलत भएकाले अस्वीकारको सूचना समेत दर्ता गर्ने निर्णय भएको छ।