पाकिस्तानको पञ्जाबमा टिकटक बनाउने क्रममा एक व्यक्तिलाई सिंहले आक्रमण गरेको छ, जसबाट उनी गम्भीर घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार यो घटना सिंह प्रजनन फार्ममा भएको हो।
घाइते व्यक्तिको नाम मोहम्मद अजीम भएको र उनी फार्मका मालिक मियाँ उमर डोलालाई जानकारी नदिई ‘भाइरल’ भिडियो बनाउन सिंहको खोरभित्र पसेको एनडीटीभी वर्ल्डको रिपोर्टमा उल्लेख छ। खोरभित्र फोन लिएर नजिक पुगेका अजीममाथि सिंहले आक्रमण गर्दा उनको टाउको, अनुहार, र हातमा गम्भीर चोट लागेको छ।
अजीम चिच्याएको आवाज सुनेर फार्मका मालिकले उनलाई जोगाउन खोरभित्र प्रवेश गरेका थिए। सिंहको आक्रमणबाट गम्भीर घाइते अजीमलाई तुरुन्तै जिन्ना अस्पताल पुर्याइएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको बताइएको छ।
यस घटनापछि पञ्जाब वन्यजन्तुका महानिर्देशकले प्रजनन फार्मका मालिक मियाँ उमर डोलामाथि कानुनी कारबाही गर्न आदेश दिएका छन्।
















प्रतिकृया