महेश बस्नेत भन्छन्, “गुगलमा चर्चा भएर मात्र चुनाव जितिँदैन, बङ्गलादेशको उदाहरण हेर्नुस्”

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ५ गते
महेश बस्नेत भन्छन्, “गुगलमा चर्चा भएर मात्र चुनाव जितिँदैन, बङ्गलादेशको उदाहरण हेर्नुस्”

नेकपा एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा भइरहेको चर्चा र सडकको वास्तविकता बीच फरक रहेको बताएका छन्। मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले बङ्गलादेश र थाइल्यान्डको भर्खर सम्पन्न निर्वाचनलाई उदाहरण दिँदै सामाजिक सञ्जालमा हुने ‘स्टन्टबाजी’ मात्र चुनाव जित्न पर्याप्त नहुने स्पष्ट पारे।

बस्नेतले भने, “बङ्गलादेश र थाइल्यान्डको चुनावले देखायो सामाजिक सञ्जाल र गुगलमा चर्चा हुनु पर्याप्त छैन। सडकमा स्टन्ट गर्ने र ७७ लाख फलोअर्स भएका नेताहरू पनि पराजित भएका छन्। जनताले धेरै कुरा बुझिसकेका छन्।”

साथै, उनले सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (एआई) र नक्कली आइडीको प्रयोग गरेर स्थापित नेताहरूलाई बदनाम गर्ने संगठित प्रयास भइरहेको बताए। आफ्नो फेसबुक पेजको उदाहरण दिँदै बस्नेतले हिजो मात्र आफ्नो पेजमा १६ हजार नकारात्मक प्रतिक्रिया एआईमार्फत गराइएको दाबी गरे। उनले थपे, “एकै मिनेटमा एउटै व्यक्तिले ६८ वटासम्म कमेन्ट गरेको देखिन्छ, जुन प्राविधिक रूपमा मान्छेले सम्भव छैन। यो सबै फेक आइडी बनाएर एआईमार्फत नेताहरूलाई बदनाम गराउने खेल हो।”

बस्नेतले नेकपा एमाले राष्ट्रियता, लोकतन्त्र र समृद्धिको पक्षमा दृढतापूर्वक उभिएको चर्चा गर्दै आगामी निर्वाचनमा जनताले एमालेलाई नै रोज्ने विश्वास व्यक्त गरे। उनले विशेषगरी झापा ५ र भक्तपुर २ जस्ता क्षेत्रहरूलाई लक्षित गरी फैलाइरहेको भ्रमप्रति सचेत रहन एमाले कार्यकर्ता र आम जनतालाई आग्रह पनि गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स