१ करोड ७८ लाख ५० हजार कित्ता आइपीओ जारी गर्दै महाशक्ति सिमेन्ट, बोर्डसँग माग्यो अनुमति
महाशक्ति सिमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डसँग आइपीओ बिक्रीका लागि अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर जारी गर्न आवेदन दिएको छ, जसको कुल मूल्य १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ हुनेछ।
आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।