महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिमा नियुक्त, समिति पूर्ण

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १७ गते
महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिमा नियुक्त, समिति पूर्ण
AdvertisementAds

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिलाई बुधबार पूर्णता दिएको छ। मन्त्रिपरिषद्को बालुवाटारमा बसेको बैठकले समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि, चैत १६ गते गठित समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेका थिए भने सदस्यका रूपमा विश्व पौडेल र विजयनाथ भट्टराई समावेश थिए। तर वैशाख १० गते विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि समिति अपूरो बनेको थियो। त्यसपछि गभर्नर नियुक्ति प्रक्रिया नै रोकिएको थियो।

राष्ट्र बैंक चैत २५ गतेदेखि गभर्नरविहीन छ। अब महाप्रसाद अधिकारीको नियुक्तिसँगै गभर्नर सिफारिस समिति पूर्ण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स