माधव नेपालको चेतावनी: वंशीय शासन फर्काउने प्रयास महँगो पर्न सक्छ, यो कास्टिङ मात्र हो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
माधव नेपालको चेतावनी: वंशीय शासन फर्काउने प्रयास महँगो पर्न सक्छ, यो कास्टिङ मात्र हो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंशीय शासन पुनःस्थापना गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।
शुक्रबार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले इतिहासलाई पछाडि फर्कन नदिने स्पष्ट गर्दै यस्तो प्रयास गर्नेहरूलाई ठूलो मूल्य चुकाउनुपर्ने बताए।

शुक्रबार भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको सभामा बोल्दै उनले इतिहासलाई पछाडि फर्कन नदिने स्पष्ट पारे।”यो कार्यक्रम त कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार!” अध्यक्ष नेपालले भने, “नेपाली जनता कसैको दास बन्न चाहँदैन। राजतन्त्र फर्कने कुरा कल्पना नै नगरे हुन्छ।” उनले मुलुक पुनः वंशीय शासनको दिशामा फर्कने कुनै पनि प्रयास असफल बनाइने बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स