माबिलुङ एनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ भोलि (साउन २६) गतेदेखि निष्काशन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्न गत असार १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
यसअघि पहिलो चरणमा आयोजनाबाट प्रभावित स्थानीयवासीका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकिएको छ।
अब दोस्रो चरणमा बाँकी १३ लाख ५४ हजार २३५ कित्तामध्ये ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ९५ कित्ता कर्मचारीका लागि सुरक्षित राखी, बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
आइपीओमा आवेदन आगामी साउन २९ गतेसम्म दिन सकिनेछ।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया