स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न कर्जा सुविधा विस्तार गरिने



Advertisement
Ads

सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

राष्ट्रपतिले सरकार अब अधिकतम आन्तरिक रोजगारी सिर्जनामा केन्द्रित हुने जानकारी दिए। त्यसका लागि युवा रोजगारी कार्यक्रम तथा नवप्रवर्तन (स्टार्टअप) कार्यक्रमहरूलाई प्रोत्साहन र विस्तार गरिने उल्लेख गरे।


Advertisement

यसै सन्दर्भमा, राष्ट्रपति पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको थप विकास तथा मजबूती गरिने र स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न युवा रोजगार कार्यक्रमअन्तर्गत कर्जा सुविधा विस्तार गरिने पनि स्पष्ट पारे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर