सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) भित्रका सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली वस्तुहरूको बिक्री–वितरण सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले विमानस्थललाई नेपाली उत्पादन, स्वाद, हस्तकला र “मेड इन नेपाल” को प्रवर्द्धन गर्ने प्रमुख माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइन्।
सांसद श्रेष्ठका अनुसार दैनिक हजारौँ यात्रु नेपालबाट विदेश जाने भएकाले उनीहरूलाई नेपाली पहिचान झल्काउने वस्तु र उत्पादनमार्फत विश्वभर नेपालको ब्रान्डिङ गर्न सकिने ठूलो अवसर छ।
उनले भनिन्, “त्रिभुवन विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपालको उपस्थिति अझै कमजोर छ। यात्रुहरूलाई स्थानीय उत्पादनका साथ पठाउन सक्नु नेपालको पहिचान विश्वमा पुर्याउने महत्वपूर्ण अवसर हो।”
श्रेष्ठले विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा नेपाली उत्पादनका लागि छुट्टै डेडिकेटेड सेक्सन अनिवार्य गर्न सरकार र विमानस्थल व्यवस्थापनलाई आग्रह गरिन्। साथै, साना तथा स्वदेशी उद्यमीहरूलाई प्राथमिकता दिनुपर्ने पनि उनको भनाइ थियो।
उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विमानस्थललाई प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्न आवश्यक रहेको समेत उल्लेख गरिन्।











![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया