आफू पदमा फिर्ता हुनुपर्ने कुलमानको रिट अदालतमा दर्ता, प्रारम्भिक सुनुवाइ शुक्रबार हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १४ गते
आफू पदमा फिर्ता हुनुपर्ने कुलमानको रिट अदालतमा दर्ता, प्रारम्भिक सुनुवाइ शुक्रबार हुने

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले रिट निवेदनमाथि भोलि शुक्रबारका लागि प्रारम्भिक सुनुवाइ मिति तोकेको छ।

उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् । उनले कुनै गल्ती वा लापरबाही नगरेको अवस्थामा सरकारको बदनियतपूर्ण शैलीमा आफूलाई स्पष्टीकरण सोधिएको र त्यसैलाई आधार मानेर गलत ढंगले पदबाट हटाइएको जिकिर गरेका छन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स