पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल माध्यम अर्थात् अनलाइनबाटै अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।
शनिबार बिहान पक्राउ परेका ओलीलाई हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ, जहाँ उनको मुटुको चाल अनियमित भएकाले उपचार भइरहेको छ। अस्पतालमै रहेकाले अदालतमा प्रत्यक्ष उपस्थित गराउन नसकिने भएपछि उनी भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने निर्णय भएको हो। अदालतमा उपस्थित गराउने प्रयास भए पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरूले अनुमति दिएका छैनन्।
उक्त ज्यानसम्बन्धी मुद्दामा पूर्वगृहमन्त्री रमेश लेखकलाई भने पहिले नै अदालतमा उपस्थित गराइसकिएको छ। यो मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा विचाराधीन छ।

















प्रतिकृया