कामना सेवा विकास बैंकले २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरू मात्र आवेदन दिन सक्नेछन्।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरे पश्चात उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया