कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले साउन २९ गते विशेष साधारणसभा आह्वान गरेको छ, जसमा आईपीओ निष्काशनसम्बन्धी विशेष प्रस्तावसहित विभिन्न एजेन्डाहरू पेश गरिनेछ।
कालिन्चोक दर्शन लिमिटेडको सहायक कम्पनीका रूपमा स्थापना भएको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले हालसम्म करिब ६० रोपनी जग्गा खरिद गरिसकेको छ र थप जग्गा खरिद गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ। कम्पनीको योजना इलामस्थित सानो पाथिभरा मन्दिरमा केबलकार निर्माण गर्ने रहेको छ, जसको कार्यान्वयन सहायक कम्पनीमार्फत कालिन्चोक दर्शन लिमिटेडले गर्नेछ।
सभामा प्रस्तुत गरिने एजेन्डाहरूमा संचालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन पेस गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात तथा नाफा/नोक्सान विवरण पारित गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने विषयहरू समावेश छन्।
साथै, विशेष प्रस्तावहरूमार्फत सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायको निर्देशनअनुसार आवश्यक संसोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, तथा कम्पनीको पूँजी विभिन्न क्षेत्रमा लगानी गर्न समिति स्वयंलाई अख्तियारी दिने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया