कालिञ्चोक दर्शन लिमिटेडले साविकका सेयरधनीहरूका लागि शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा प्रति सेयर रु. १०० दरको ६० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
यस सम्बन्धी सम्झौतापत्रमा आज कालिञ्चोक दर्शन लिमिटेडको रजिस्टर्ड कार्यालय, पिंगलास्थान, गौशालामा आयोजित समारोहमा हस्ताक्षर गरिएको छ। सम्झौतामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले हस्ताक्षर गरेका हुन्।
कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको कालिञ्चोक गाउँपालिका–१, कुरीमा केबलकार सञ्चालन गरिरहेको छ। हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धक बनेको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया