सम्बोधन गर्न नपाएपछि झलनाथ आन्दोलनमा नजाने, चार नेताले मात्र सम्बोधन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
सम्बोधन गर्न नपाएपछि झलनाथ आन्दोलनमा नजाने, चार नेताले मात्र सम्बोधन गर्ने

समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा आयोजना गरेको छ। विभिन्न स्थानबाट सुरु भएका प्रदर्शनहरू भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछन्।

सभामा मोर्चासँग आबद्ध चार दलका अध्यक्षहरू – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मात्र सम्बोधन गर्ने तय गरिएको छ।

सरकार र राजावादी शक्तिहरूलाई दबाब दिन आयोजित प्रदर्शनमा चार शीर्ष नेतामात्र वक्ता चयन गरिएपछि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल भने सभामा सहभागी नहुने भएका छन्। नेताहरूका अनुसार धेरै वक्ताले सम्बोधन गर्दा सभा लामो र व्यवस्थापन जटिल हुने भएकाले ४ जना वक्ता मात्र राखिएको नेताहरुले बताएका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स