instainsta

सर्वसाधारणका लागि जीवन विकास लघुवित्तको सेयर बिक्रिमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
सर्वसाधारणका लागि जीवन विकास लघुवित्तको सेयर बिक्रिमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेका कुल ४९ हजार ५० कित्ता संस्थापक सेयर लिलामी (बढाबढ) प्रक्रियामार्फत बिक्रीमा राखेको छ।

कम्पनीले यी सेयरहरूको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकेको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा कम्तीमा २५० कित्ता र बढीमा १०० का गुणकमा जुनसुकै संख्याका वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।

यो लिलामीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघ–संस्था सबैले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

सेयर खरिदका लागि बोलपत्र आज कात्तिक २५ गतेदेखि मंसिर ९ गते दिउँसो २:३० बजेभित्र बुझाउनुपर्नेछ। बोलपत्र फाराम एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार काठमाडौं वा कम्पनीको केन्द्रीय कार्यालय कटहरी, मोरङमा उपलब्ध हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स