जानकी केवल इण्डस्ट्री लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ। यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
कम्पनीको कारोवार कार्यालय धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ मा रहेको छ। कम्पनीको प्रबन्धपत्र तथा प्रचलित कानुनअनुसार आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन दुवै पक्षबीच औपचारिक सम्झौता भएको छ।
उक्त सम्झौता एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत गरिएको हो। यस सेवामार्फत कम्पनी स्थापनादेखि लिएर सेयर निष्काशनसम्मका सबै परामर्श सेवा प्रदान गरिन्छ।
सोही सेवालाई अंगिकार गर्दै जानकी केवल इण्डस्ट्री अब सार्वजनिक कम्पनीमा रूपान्तरण हुँदै सेयर निष्काशन प्रक्रियामा प्रवेश गर्न लागेको हो।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया