instainsta

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने
AdvertisementAds

जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन १४ गते तेस्रो वार्षिक साधारण सभा गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले आईपीओ निष्काशन गर्ने निर्णयसहित सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ।

साथै, गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि टुङ्ग्याइनेछ।

अम्बे ग्रुप अन्तर्गत सञ्चालित कम्पनीले आधुनिक प्रविधिबाट स्टील उत्पादन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स