युवा व्यवसायी तथा लगानीकर्ता राजु सेढाईले २०८१ भित्र नेप्से सूचक २५०० अंक पुग्ने सम्भावना नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक लगानीकर्ता भेलामा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
नेपाली सेयर बजारमा सक्रिय सेढाईले दशकभन्दा बढी समयदेखि बजारमा लगानी गर्दै आएका छन्। सेयर बजारसँगै उनी यातायात व्यवसायमा समेत संलग्न छन्।
उनले लगानीकर्ताहरूलाई अहिलेको अवस्थामा बढी सतर्कता अपनाउन सुझाव दिएका छन्। ‘धैर्यता, अध्ययन र दीर्घकालीन रणनीति बिना सेयर बजारमा सफल हुन सकिँदैन’, उनले भने, ‘छोटो समयमा लाभ उठाउने मानसिकताले धेरै लगानीकर्ताहरू घाटामा गएका छन्।’
सेढाईले वर्तमान बजार अवस्थालाई सामान्य करेक्सनको हिस्सा मान्नुपर्ने र बजार विस्तारै सुधारतर्फ जान सक्ने सम्भावना रहेको बताए।
अन्त्यमा, उनले २०८२ मा लगानीकर्ताले सेयरबजारकाे वास्तविक मज्जा लिन पाउने विश्लेषण गरेका छन् ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)








प्रतिकृया