सेयर बजार उचालिँदा यी ६ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक नाफा
सेयर बजार सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.८७ अंकले बढेर २,७२७ विन्दुमा पुगेको छ । आजको बजार वृद्धिसँगै धेरै कम्पनीका लगानीकर्ताले लाभ कमाए पनि केही कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ६ कम्पनीको सेयरमा आज १० प्रतिशतको दरले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, आज कुल १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ ।