बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले त्यसको व्यवस्थापनका लागि फेरि ८५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज साउन २० गते बैंकिङ प्रणालीबाट उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ। राष्ट्र बैंकले बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकका अनुसार यो ९० दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी कात्तिक १९ गते भुक्तानी गरिनेछ।
पछिल्लो समय कर्जाको माग अपेक्षाअनुसार नबढ्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) उल्लेख्य रूपमा बढेको छ। यही कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकमा रकम राख्न बाध्य भइरहेका छन्।














![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)


प्रतिकृया