सुरक्षित सम्पत्ति मानेर धमाधम सुन थुपार्दै भारतको केन्द्रीय बैंक, कति छ भण्डारण?



Advertisement
Ads

भारतको केन्द्रीय बैंक (आरबीआई) ले आर्थिक वर्ष २०२५ मा ५७.५ टन सुन थपेको छ। यो पछिल्ला ७ वर्ष यताको दोस्रो ठूलो खरिद हो। अहिले विश्वभर अर्थतन्त्रमा अस्थिरता देखिएको कारण सुनको मूल्य पनि निकै बढेको छ। यस्तो अवस्थामा धेरै देशका केन्द्रीय बैंकहरूले पनि सुन किनिरहेका छन्।

मार्च २०२५ सम्म आरबीआईसँग सुन भण्डारण ८७९.६ टन पुगेको छ। अघिल्लो वर्ष यो ८२२.१ टन मात्र थियो।


Advertisement

सन् २०२१-२२ मा भारतको केन्द्रीय बैंकले सबैभन्दा धेरै ६६ टन सुन किनेको थियो। त्यसपछि २०२२-२३ मा ३५ टन र २०२३-२४ मा २७ टन सुन थपेको थियो।

डोनाल्ड ट्रम्प फेरि अमेरिकी राष्ट्रपति बनेपछि डलरको मूल्यमा उतारचढाव आएको छ। यसले सुनको माग अझै बढाएको छ।

भारतको विदेशी मुद्रा सञ्चितिमा सुनको हिस्सा ११.८% पुगेको छ, जुन अघिल्लो वर्ष ८.७% मात्र थियो।

आरबीआईले सुनलाई सुरक्षित सम्पत्ति मानेर किनिरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर