पाकिस्तानले भारतीय कम्पनीलाई आकाश नदिने भएपछि भारतीय वायुसेवा प्रदायक तनावमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
पाकिस्तानले भारतीय कम्पनीलाई आकाश नदिने भएपछि भारतीय वायुसेवा प्रदायक तनावमा

पाकिस्तान र भारतबीच बढ्दो कूटनीतिक तनावको प्रभाव भारतीय वायुसेवा प्रदायक कम्पनीहरूमा देखिन थालेको छ।

बिहीबार पाकिस्तानले तत्काल लागू हुने गरी भारतीय स्वामित्व र भारतीय सञ्चालित विमान कम्पनीहरूका लागि आफ्नो हवाई क्षेत्र (एयरस्पेस) बन्द गरेको छ।

यसअघि बुधबार भारतले जम्मु–काश्मिरमा भएको आतंकवादी हमलापछि पाकिस्तानमाथि संलग्नताको आरोप लगाउँदै कूटनीतिक सम्बन्ध ‘डाउनग्रेड’ गर्ने निर्णयसहित श्रृंखलाबद्ध कदम चालेको थियो। त्यसको प्रत्युत्तरस्वरूप पाकिस्तानले समेत जवाफी कदम चाल्दै हवाई मार्ग बन्द गर्ने निर्णय लिएको हो।

पश्चिम उडानहरूमा प्रत्यक्ष असर
एयरस्पेस बन्दीले दिल्ली र उत्तर भारतका सहरबाट हुने उडानहरूमा प्रत्यक्ष प्रभाव पारेको छ। खासगरी पश्चिमतर्फ गन्तव्य हुने भारतीय विमानहरूले अब अरब सागरमार्ग हुँदै वैकल्पिक रुट अपनाउनु परिरहेको छ।

यसले उडानको दूरी मात्र नभई समय र लागत दुवै बढाएको छ। रिपोर्टहरूका अनुसार एयर इन्डियाका कतिपय उडानहरूलाई इन्धन भर्नको लागि बिचमै डाइभर्ट गर्नुपरेको छ।

भाडादर ८–१२ प्रतिशतसम्म बढ्ने अनुमान
उड्डयन विज्ञहरूका अनुसार रि–रुटिङ र इन्धन खपत बढेपछि ती मार्गका टिकट भाडामा ८ देखि १२ प्रतिशतसम्मको वृद्धि हुने सम्भावना देखिएको छ।

एयर इन्डियाले पनि यात्रुहरूलाई केही उडानहरू वैकल्पिक रुटबाट सञ्चालन हुने र नियमित समयभन्दा ढिला हुन सक्ने जानकारी दिएको छ।

एयरलाइभ नेटबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स