पछिल्लो समय नेपालमा बारम्बार भूकम्पका धक्का र पराकम्पहरु गइरहेका छन। नेपाल भूगर्भीय दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्छ। यहाँका भूकम्पीय प्लेटहरूका कारण बारम्बार साना तथा ठूला भूकम्प जानेगर्छन्। २०७२ सालको महाभूकम्पपछि पनि बारम्बार साना भूकम्पहरू गइरहेका छन्। साना र मध्यमस्तरीय भूकम्पहरूलाई भूकम्पीय उर्जाको डिस्चार्जको रूपमा लिइन्छ, जसले ठूलो भूकम्पको सम्भावना घटाउने संकेत दिन्छ।
२०८१ सालमा मात्रै नेपाल केन्द्रबिन्दु भएर १८ ओटा भूकम्पका पराकम्प गएका छन्, जसमध्ये पुस महिनामा १० ओटा भूकम्प महसुस गरियो।
यस्तो छ पछिल्लो ९ महिनामा नेपालमा गएका भूकम्पका पराकम्प :
पुष २३ गते बिहान ६:५० बजे चीनको दिंगे कान्टी केन्द्रबिन्दु भएर ७.० रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष १९ गते बिहान ८:०३ बजे मुगु केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष १९ गते बिहान ८:२९ बजे मनाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष १८ गते दिउँसो १:०२ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष १६ गते बिहान ७:५४ बजे बैतडी केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष ११ गते बिहान ६:३३ बजे जाजरकोट केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष ९ गते राति ९:२५ बजे दार्चुला केन्द्रबिन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष ५ गते बिहान ४:१४ बजे बाजुरा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष ४ गते बिहान ७:३७ बजे नेस्याङ, मनाङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष ३ गते दिउँसो ३:०२ बजे बाजाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
पुष २ गते साँझ ५:०८ बजे बाजाङ केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
मंसिर ६ गते बिहान १०:१३ बजे अन्नपूर्ण II (कास्की र मनाङको सिमाना) केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
कार्तिक २२ गते राति ७:५६ बजे दोलखा केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
कार्तिक १० गते राति ११:३० बजे दोलखा केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो।
भदौ ६ गते दिउँसो २:०९ बजे बैतडी केन्द्रबिन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको थियो।
भदौ २ गते बिहान १०:०८ बजे बाजाङ केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
साउन १३ गते राति ७:३४ बजे बाजाङ केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
असार १५ गते बिहान ७:१३ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
जेठ २२ गते बिहान १०:३४ बजे दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।


















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)

प्रतिकृया