२०८१ मा २२ कम्पनीले पाए सेयर निष्काशनको अनुमति, अध्यक्ष श्रेष्ठ नेतृत्वका १३६ दिनमा १२ कम्पनीलाई स्वीकृति

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २९ गते
२०८१ मा २२ कम्पनीले पाए सेयर निष्काशनको अनुमति, अध्यक्ष श्रेष्ठ नेतृत्वका १३६ दिनमा १२ कम्पनीलाई स्वीकृति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २०८१ सालमा हकप्रद, आइपीओ र एफपिओ गरी २२ कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको छ। यस वर्षमा हकप्रद सेयर जारी गर्न १० वटा कम्पनी, एफपिओका लागि ५ कम्पनी र आइपिओका लागि ७ कम्पनी गरि कुल २२ कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको हो ।

२०८१ सालमा हकप्रद सेयर जारी गर्न स्वीकृति भएका कम्पनीहरुमा हिमालयन ऊर्जा, अखुखोला जलविद्युत, लाइफ इन्स्योरेन्स , एनएलजी इन्स्योरेन्स, लिबर्टी इनर्जी, बलेफी हाइड्रोपावर, ङादी ग्रुप, नेको इन्स्योरेन्स, दोर्दी खोला जलविद्युत र सन् नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्। हकप्रद सेयर ल्याउने कम्पनीहरूमध्ये ४ वटा बीमा कम्पनी र ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन्।त्यस्तै, आइपीओ ल्याउन स्वीकृति पाउने कम्पनीहरूमा ३ वटा लघु बीमा कम्पनी, १ उत्पादन क्षेत्रको १ हाइड्रो सेक्टर र २ वोटा अन्य सेक्टरको कम्पनी रहेका छन्। आइपीओ ल्याउन स्वीकृति पाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ओम मेगाश्री फर्मास्युटिकल्स, पियोर इनर्जी, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेड रहेका छन्।

नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले मङ्सिर १२ गते नेपाल धितोपत्र बोर्डको जिम्मेवारी सम्हालेसँगै बजारमा थुप्रै सेयर निष्काशन स्वीकृतिको आशा पलाएको थियो। तर, श्रेष्ठ नेतृत्वमा आएको लगभग ५ महिना बितिसक्दा पनि धितोपत्र बोर्डले मात्र ६ कम्पनीलाई आईपीओ, ३ ओटा हकप्रद सेयर, र ३ ओटा एफपिओ गरी १२ कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) गत वर्षदेखि करिब एक वर्षसम्म नेतृत्वविहीन अवस्थामै थियो। तर, २०८१ मंसिर १० गते सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षको रूपमा नियुक्त गरेपछि सेबोनले आफ्नो कार्यलाई तीव्र हुने आशा गरिएको थियो। हाल बोर्डको पाइपलाइनमा ८३ कम्पनीले आईपीओ निष्काशनको अन्नुमति मागेका छन्। ती कम्पनीहरुले कूल ५० अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर निष्काशनको अनुमति मागेका छन्। आईपीओ मात्र नभएर, हकप्रद र एफपिओ  निष्काशन प्रक्रियाको पनि गति कम देखिएको छ। ऋणपत्रको हकमा भने ४ वटा स्वीकृत भएका छन् र ८ वटा कम्पनी स्वीकृतिको पर्खाइमा छन्। तर, हाल अध्यक्ष श्रेष्ठ एक साताको फोर्स लिभमा छन् भने अब उनि २०८२ सालपछि मात्र फर्किनेछन्।

 

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स