पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अस्पतालमा भर्ना भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार साँझ जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको हो। स्वास्थ्य परीक्षणका क्रममा डाक्टरले अस्पताल भर्ना गर्न सिफारिस गरेपछि उनलाई भर्ना गरिएको हो।
पूर्वडीआईजी जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए। यस प्रकरणमा जोशीसहित पूर्वगृहमन्त्री रवि लामिछानेमाथि पनि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।




















प्रतिकृया