SHAREHUBSHAREHUB

अहिले नसच्याए अर्को पटक एमाले पूरै सकिन्छ: गोकुल बास्कोटा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
AdvertisementAds
अहिले नसच्याए अर्को पटक एमाले पूरै सकिन्छ: गोकुल बास्कोटा
AdvertisementAds

नेकपा एमाले नेता गोकुल बास्कोटाले पार्टीले हालका कमजोरी सुधार नगरे अर्को चुनावमा स्थिति अझ कठिन हुन सक्ने बताएका छन्।

निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको नीति र नेतृत्वबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनी पाँच वर्षअघि भएको घटनाक्रम पनि स्मरण गर्दै भनेका छन्,“पाँच वर्ष अघि मैले भनेको थिएँ– यो नेकपाको क्लाइमेक्स (उत्कर्ष) र कोल्याप्स (अवसान) को समय हो। वाम पार्टीहरू एकजुट भएका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, संगठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कमजोर थियो।”

बास्कोटाले तत्कालीन समयमा सोभियत संघबाट सिकेको अभ्यास र चिनियाँ नक्कल (सुपरफ्लप) कामयाव हुन नसकेको पनि बताएका छन्।

उनले अहिलेको अवस्थाबारे भने,“सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ।”

AdvertisementAds

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट मात्र जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स