“कुलमानलाई हटाए, सडक र सदनमा नेपाललाई अन्धकार बनाएको आवाज उठ्छ”: ज्ञानेन्द्र शाहीको चेतावनी

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २१ गते
“कुलमानलाई हटाए, सडक र सदनमा नेपाललाई अन्धकार बनाएको आवाज उठ्छ”: ज्ञानेन्द्र शाहीको चेतावनी

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले निर्देशक घिसिङलाई हटाउने विषयमा विरोध गरेका हुन् ।

उनले भने, ‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारमा धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ ।’ उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको पनि  बताए ।

 

 

 

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स