नातागोतालाई सरुवा–बढुवा गर्ने, अपराधीलाई जोगाउने काम गर्दिन: मन्त्री सीता बादी

नातागोतालाई सरुवा–बढुवा गर्ने, अपराधीलाई जोगाउने काम गर्दिन: मन्त्री सीता बादी
Advertisement Ads

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले सार्वजनिक जिम्मेवारी सम्हालेको करिब पाँच हप्तापछि आफ्नो प्राथमिकता र प्रतिबद्धताबारे स्पष्ट धारणा सार्वजनिक गरेकी छन्।

उनले फेसबुक मार्फत जारी गर्दै पदमा रहेर आफूले नगर्ने कामहरूबारे स्पष्ट पारेकी हुन्। मन्त्री बडीले नातागोता वा चिनजानका आधारमा नियुक्ति, सरुवा–बढुवा वा कुनै पनि प्रकारको स्वार्थप्रेरित निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। त्यस्तै, कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिको संरक्षण नगर्ने उनले बताएकी छन्।

उनले लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा संरक्षण नदिने स्पष्ट पारिन्। साथै, कमिसन, घुस वा भ्रष्टाचारसँग सम्बन्धित कुनै पनि कार्यमा आफू संलग्न नहुने र त्यस्ता गतिविधि भए कडा रूपमा प्रतिवाद गर्ने उनको भनाइ छ।

मन्त्री बादीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।

त्यसैगरी, उनले राज्य स्रोत–साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा लिन सिफारिस वा दबाब स्वीकार नगर्ने र मन्त्री सुविधाको अनावश्यक उपयोग नगर्ने बताएकी छन्। उनले सबै नागरिकलाई समान रूपमा सेवा गर्ने र विशेषगरी कमजोर तथा सीमान्तीकृत वर्गलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन्।

Advertisement Ads

मन्त्री बडीले सुशासन केवल सरकारको नीति मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गर्दै सबैलाई नियमको सम्मान गर्न, न्यायको पक्षमा उभिन र समाजको हितलाई प्राथमिकता दिन आग्रह गरेकी छन्।

unnamed 19 https://bajarkochirfar.com/i-will-not-promote-relatives-or-protect-criminals-minister-sita-badi | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स