नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजका दिनमा ठुला दलका तीन प्रमुख नेताले संन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि, युवा र गगन’ नामक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘म के कुरामा सहमत छु भने नेपालको राजनीतिक दलका नेतृत्वसँगको यति ठुलो वितृष्णा छ, त्यो वितृष्णाले गर्दा खेरी आम रूपमा नेपालका राजनीतिक दलसँगै सबै मानिसलाई रिस उठेको छ,’ थापाले भने, ‘खास गरिकन युवाहरूलाई बढी रिस उठेको छ।’ हिजो गाईजात्रे कार्यक्रममा ‘के गर्यो भने समस्याको समाधान हुन्छ भन्दै गर्दा नेपालमा तीनटा नेताहरूको अफिस बन्द गर्यो भने समस्याको समाधान हुन्छ’ भनेर भनेको सुनेको उनले बताए।
‘नेपाली कांग्रेसको श्रद्धय सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष श्रद्धय केपी शर्मा ओली र माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिनबाट हामी नेपालको राजनीतिबाट संन्यास लिन्छौँ भनेर भन्नुभयो भने म सबैभन्दा बढी खुसी मान्छे हुन्छु,’ महामन्त्री थापाले भने। आफू पनि तीन जना नेताहरूले संन्यास लिनुपर्छ भन्नेमा दृढ रहेको उनले बताए। उनले भने, ‘म मा एकदम ठुलो उहाँहरूप्रति रेस्पेक्ट छ। मैले फेरि उहाँँहरुलाई अन्डरभ्याल्यू गरेर भनेको होइन। उहाँहरूले नेपाललाई ठुलो योगदान दिनुभएको छ।’

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया