यो पटक मन्त्री, प्रधानमन्त्री हुन नपरेकोमा खुसी छु : प्रचण्ड

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ९ गते
यो पटक मन्त्री, प्रधानमन्त्री हुन नपरेकोमा खुसी छु : प्रचण्ड

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले यसपटक सरकारमा नजाँदा आफूलाई पार्टी सुधार गर्ने अवसर मिलेको बताएका छन्।

पार्टी स्थापना दिवसको ७७औँ वर्षका अवसरमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा बोल्दै दाहालले मन्त्री वा प्रधानमन्त्री नबन्नु आफूका लागि अवसरका रूपमा आएको बताए। ‘वामपन्थी पुनर्गठन गर्न आवश्यक छ । यो पटक मन्त्री, प्रधानमन्त्री हुन नपरेकोमा खुसी व्यक्त गर्छु । पार्टी सच्याउने अवसर हो । पुनर्गठनको नेतृत्व गर्ने अवसर छ,’ उनले भने । उनले वामपन्थी शक्तिको पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै त्यसको नेतृत्व गर्ने जिम्मेवारी लिन तयार रहेको बताए।

निर्वाचनमा १७ सिटसहित चौथो शक्तिमा सीमित भएपछि पार्टीभित्र आत्मसमिक्षा आवश्यक भएको उनको भनाइ थियो। अब महाधिवेशनसम्म पुग्दा तलदेखि माथिसम्म युवा तथा गतिशील नेतृत्वलाई प्राथमिकता दिने र पुरानो पुस्ताले नयाँ ढंगले भूमिका निर्वाह गर्ने गरी पार्टी पुनर्गठन गर्ने योजना उनले सुनाए।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स