स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरूमा निशुल्क सेयर माग गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्लो समयमा विभिन्न आयोजनाहरूमा यस्तो माग प्रस्तुत हुन थालेको जानकारी दिए।
कार्यक्रममा अध्यक्ष कार्कीले भने, ‘थुप्रै आयोजनामा फ्री सेयर माग्न थालिएको छ । आयोजनामा तोडफोड हुन थालेको छ । यसको जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने ?’
भोटेकोशी घटनापछि अराजकता बढेको उनले गुनासो गरे। उनले सेबोनले ऊर्जा उत्पादकहरूको समस्या नसुनेको आरोप लगाए। साथै, आईपीओ ल्याउन नपाउँदा धेरै जलविद्युत् आयोजनाहरू समस्या मा परेका भन्दै असन्तुष्टि व्यक्त गरे।
‘हामी अदालतदेखि अख्तियारसम्म जानु पर्ने स्थिती आएको छु, उनले भने, ‘आन्दोलन समेत गर्नु परे गर्नेछौ ।’


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया