insta insta

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै हुलास इन्फ्रा, धितोपत्र बोर्डमा दियो निवेदन

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै हुलास इन्फ्रा, धितोपत्र बोर्डमा दियो निवेदन
Advertisement Ads

हुलास ग्रुप अन्तर्गतको हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले असार २४ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले प्रिमियम मूल्यमा प्रति कित्ता ३३३.५६ रुपैयाँमा ३५ लाख ४७ हजार १८८ कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ। यदि सोही मूल्यमा आईपीओ निष्काशनको अनुमति पाएमा, कम्पनीले कुल १ अर्ब १८ करोड ३२ लाख २९ हजार २८ रुपैयाँ संकलन गर्नेछ।

सेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सार्वजनिक निष्काशन प्रक्रिया सुरु गर्नेछ।

हुलास इन्फ्रा लिमिटेड हुलास ग्रुप अन्तर्गतको एक कम्पनी हो। हुलास ग्रुपका अध्यक्ष चन्द्र कुमार गोल्छा हुन् भने, उनका छोरा शरद गोल्छा हुलास इन्फ्राका प्रबन्ध संचालक हुन्।

Screenshot 2025 07 14 072429 https://bajarkochirfar.com/hulas-infra-files-application-with-securities-and-exchange-board-of-nepal-sebon-for-issuing-ipo-at-premium-price | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स