सेयरबजार परिसूचक गणना कसरी हुने? नेप्सेले स्पष्ट पार्यो

सेयरबजार परिसूचक गणना कसरी हुने? नेप्सेले स्पष्ट पार्यो
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजार परिसूचक (इन्डेक्स) गणना प्रक्रिया सम्बन्धमा स्पष्टोक्ति जारी गरेको छ। नेप्सेका अनुसार, नियमित कारोबार सत्रमा कम्पनीको कारोबार शेयर संख्या सूचकांकमा असर नगर्ने व्यवस्था रहेको छ।

नेप्सेका विज्ञप्तिमा भनिएको छ, “नियमित कारोबार सत्र बिहान ११ बजेबाट सुरु भई ३ बजेसम्म हरेक कारोबारको मूल्यलाई सूचीकृत सेयर संख्याले गुणा गरी सूचकांक गणना गरिन्छ। यस क्रममा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव पर्दैन।” तर, अपराह्न ३ बजेपछि भने प्रक्रिया फरक हुन्छ।

नेप्सेले जनाएको छ, “स्वचालित कारोबार प्रणालीले २:४५ देखि ३:०० बजेसम्म प्रत्येक कम्पनीको कारोबार मूल्य र सेयर संख्याका आधारमा भारित औसत मूल्य (अन्तिम मूल्य) निकाल्छ। त्यसपछि सो भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गरिन्छ। यस चरणमा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव हुन्छ।” नेप्सेका अनुसार, यो प्रणाली ‘कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१’ अनुसार नेपाल धितोपत्र बोर्डको स्वीकृति सहित २०८१ चैत ७ गतेदेखि कार्यान्वयनमा आएको हो।

NEPSE https://bajarkochirfar.com/how-will-the-stock-market-index-calculation-process-be-done-nepse-clarifies | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स