instainsta

सर्वसाधारणका लागि नेपाल रि इन्स्योरेन्सको सेयर बिक्रीमा, कति पर्छ मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २९ गते
सर्वसाधारणका लागि नेपाल रि इन्स्योरेन्सको सेयर बिक्रीमा, कति पर्छ मूल्य ?
AdvertisementAds

नेपाल पुनर्बीमा कम्पनीले संस्थापक समूहतर्फको सेयर बिक्रीको लागि लिलामी प्रक्रिया सुरु गरेको छ। कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको स्वामित्वमा रहेको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर लिलामीमा बिक्रीका लागि आह्वान गरेको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ।

जो कोही इच्छुक आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य राखेर चैत ५ गतेदेखि चैत १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। यस अघि माघ १३ गते कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बोलपत्र आह्वान गरेको थियो, तर कुनै आवेदन नपरेकोले यस पटक कम्पनीले जो कोही इच्छुक आवेदकलाई आवेदन दिन अनुमति दिएको हो।

इच्छुक आवेदकले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। बोलपत्र पेश गर्न चाहनेले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौं मा फाराम भरी आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स