आज सुनको भाउ हिजोको तुलनामा कतिले बढयो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
आज सुनको भाउ हिजोको तुलनामा कतिले बढयो ?

नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १९ हजार रुपैयाँ पुगेको छ। मंगलबार भने सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि मंगलबार मात्रै सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले बढेको थियो।

यता, चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। मंगलबार प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस ५ हजार २०४ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।

Copy of Copy of GOLD SILVER 7 https://bajarkochirfar.com/how-much-has-the-price-of-gold-increased-today-compared-to-yesterday | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स