सोमबार सुनचाँदीको मूल्य घट्दा तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको १ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको छ।