नेपाली फिल्म आ बाट आमा, गोबर गणेश र झरी पछिको इन्द्रेणीको कमाई कति ?

नेपाली फिल्म आ बाट आमा, गोबर गणेश र झरी पछिको इन्द्रेणीको कमाई कति ?

चलचित्र विकास बोर्डले नेपालभर हाल प्रदर्शनरत चलचित्रहरूको बक्स अफिस कारोबारसम्बन्धी आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ। बोर्डका अनुसार माघ १८ गतेदेखि २४ गते मध्यरातसम्मको अवधिमा प्रदर्शनमा रहेका चार चलचित्र— आ बाट आमा, गोबर गणेश, झरी पछिको इन्द्रेणी र ब्ल्यू लाइट—को कारोबार विवरण सार्वजनिक गरिएको हो।

सार्वजनिक तथ्याङ्कअनुसार आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भई माघ १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र आ बाट आमा ले आक्रामक कमाइ गर्दै प्रतिस्पर्धी चलचित्रहरूलाई स्पष्ट रूपमा पछि पारेको छ। प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेखनीय साथ पाएको यस चलचित्रले बक्स अफिसमा मजबुत उपस्थिति बनाएको छ।

चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ को आधिकारिक विवरणअनुसार आ बाट आमा ले हालसम्म १ लाख ७६ हजार ५ सय ५२ टिकट बिक्री गर्दै कुल ४ करोड ८० लाख ९० हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको छ। यो रकम हाल प्रदर्शनरत चलचित्रहरूमध्ये सर्वाधिक हो।

कमाइको सूचीमा दोस्रो स्थानमा रहेको चलचित्र गोबर गणेश ले ४९ हजार ५ सय ३१ टिकट बिक्री गर्दै १ करोड ४० लाख २७ हजार ७ सय ६६ रुपैयाँ संकलन गरेको छ।

त्यस्तै, तेस्रो स्थानमा रहेको चलचित्र झरी पछिको इन्द्रेणी ले ४० हजार ८ सय ९९ टिकट बिक्री गर्दै १ करोड २९ लाख ५५ हजार १ सय १९ रुपैयाँ आम्दानी गरेको बोर्डले जनाएको छ।

माघ १६ गते आ बाट आमा सँगै प्रदर्शनमा आएको चलचित्र ब्ल्यू लाइट ले भने हालसम्म ८ सय ३२ टिकट बिक्री गर्दै ३ लाख १९ हजार ५ सय ९५ रुपैयाँ आम्दानी गरेको छ, जसका आधारमा यो चलचित्र कमाइको सूचीको अन्तिम स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स