नेको इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने वैशाख २९ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्नेछ। यस आधारमा वैशाख २९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले ७.३६८४ प्रतिशत लाभांश पारित गर्न जेठ ९ गते बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा २९औं वार्षिक साधारण सभा गर्ने भएको छ। सभामा हाल कायम चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्ने योजना रहेको छ।
सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू अनुमोदन गर्नेछ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया