शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम मिति फागुन २६ गते रहेको छ। दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको थियो। निर्वाचनका कारण घोषणा गरिएको सार्वजनिक बिदाका कारण कम्पनीले फागुन २२ गतेसम्म खुला रहने भनिएको आईपीओ अब फागुन २६ गतेसम्म भर्न सकिनेछ।
१८ लाख ४२ हजार ६०० कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि जारी भइरहेको।
यस आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरू, साथै सीडीएससीको मेरो सेयर प्लेटफर्मबाट दिन सक्नेछन्।
आइपीओको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले सम्हालेको छ।

















प्रतिकृया