होटेल फरेस्ट इन् लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले सर्वसाधारणलाई कुल ३३ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको हो। यसमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ।
कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको सेयरको बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
आईपीओमा बिहान १० बजेदेखि आवेदन दिन सकिनेछ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया